
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी फिर्ता गरेको नागरिकता सम्बन्धी विधेयक अब संघीय संसद्मा पुनर्विचारका लागि प्रस्तुत हुने भएको छ ।
प्रतिनिधि सभा नियमावली, २०७५ अनुसार संविधानको धारा १ सय १३ को उपधारा ३ बमोजिम राष्ट्रपतिबाट पुनर्विचारको लागि सन्देशसहित विधेयक फिर्ता भएमा प्रतिनिधि सभा बैठकमा पुनर्विचारका लागि प्रस्तुत हुने वा प्रतिनिधि सभाको सम्बन्धित समितिमा पेश हुने व्यवस्था छ ।
अधिवेशन चालू रहेको भए महासचिव वा उनको अनुपस्थितिमा सचिवले सभालाई जानकारी गराउने यदि अधिवेशन चालू नरहेको भए सभाको सूचना पत्रमा प्रकाशित गरिने व्यवस्था नियमावली छ । यद्यपि अहिले अधिवेशन जारी रहेको हुनाले सदनमा पुनर्विचारका लागि प्रस्तुत हुने वा सम्बन्धित समितिमा पेश हुने भएको छ ।
राष्ट्रपतिबाट फिर्ता भएको विधेयक सम्बन्धी जानकारी सदनलाई जानकारी दिएपछि बसेको कुनै बैठकमा त्यस्तो विधेयक प्रस्तुतकर्ता सदस्यले विधेयकमाथि सदनमा पुनर्विचार गरियोस् वा पुनर्विचारका लागि विधेयकलाई सम्बन्धित समितिमा पठाइयोस् भनेर प्रस्तुत गर्ने व्यवस्था छ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link

















