
काठमाडौं : एकैदिन थप ८१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा देशभरबाट ५४१५ नमूना परीक्षण गर्दा ८१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट २७६२ र एन्टिजेनबाट २६५३ नमूनाको परीक्षण गर्दा पीसीआारबाट ५०९ र एन्टिजेनबाट ३०५ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप २९९ जना कोरोनामुक्त भएका छन्।
हाल सक्रिय कोरोना संक्रमितको संख्या ५१४४ पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ११ हजार ५१३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/

















