नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ललितपुर जिल्ला अदालतले विप्लवसहितका नेताहरूलाई ३५ दिने पक्राउ पूर्जी जारी गर्नु षड्यन्त्रकारी, आपत्तिजनक र खेदजनक भएको बताएको छ।
सोमबार विज्ञप्ति जारी गरी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले विज्ञप्ति जारी गरी विगतमा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन नभए हातमा दही जमाएर नबस्ने चेतावनी दिएका छन्।
‘पार्टी, नेतृत्व, कार्यकर्ता र तीन बुँदे सहमतिका विरुद्ध सरकार र राज्यले आज घटाएको घटनालाई तुरुन्त रोकिएन र तीन बुँदे सहमति तदारुकताका साथ कार्यान्वयन गरिएन भने हाम्रो पार्टी हातमा दही जमाएर नबस्ने चेतावनी शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार र राज्यका अधिकारीहरूलाई दिन चाहन्छौ’, विज्ञप्तिमा उल्लेख छ।

- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/

















