
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा लमजुङका २ विद्यार्थीले ४ जीपीए ल्याएका छन् । बेंसीशहर नगरपालिका वडा नं. ७ मा रहेका युनिभर्सल एकेडेमीका मनीष थापा र मर्स्याङदी गाउँपालिका वडा नं. ३ खुदीस्थित हिमचुली आवासीय मावि खुदीका प्रमीश कतिलाले ४ जीपीए ल्याएका हुन् ।
राजधानी बाहिर थोरै विद्यार्थीले ४ जीपीए ल्याएकोमा लमजुङका २ जनाले ४ जीपीए ल्याउन सफल भएका हुन् । दुवै विद्यालय निजी हुन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार लमजुङका ३८ जना परीक्षार्थीले ३ दशमलव ६१ देखि ४ जीपीएसम्म ल्याएका छन् । १ सय ६७ जना विद्यार्थीले ३ दशमलव २१ जीपीएदेखि ३ दशमलव ६ जीपीएसम्म ल्याएका शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । इकाई प्रमुख बीरबहादुर गुरुङका अनुसार ४ सय २२ जना विद्यार्थीले २ दशमलव ८१ देखि ३ दशमलव २ जीपीएसम्म ल्याएका छन् । ६ सय २५ जनाले २ दशमलव ४१ देखि २ दशमलव ८ जीपीएसम्म ल्याएका छन् । ९ सय २८ विद्यार्थीले २ दशमलव १ देखि २ दशमलव ४ जीपीएसम्म ल्याएका छन् ।
६ सय ४१ जनाले १ दशमलव ६१ देखि २ जिपिएसम्म, १ सय ५१ जनाले १ दशमलव २१ देखि १ दशमलव ६ जीपीएसम्म ल्याएका इकाई प्रमुख गुरुङले बताए । उनका अनुसार ७ जनाले ० दशमलव ८१ जीपीएदेखि १ दशमलव २ जीपीएसम्म ल्याएका छन् ।
सामान्यधार विद्यालयतर्फ २ हजार ८ सय ३४ जना र प्राविधिक धारतर्फ १ सय ४५ जना गरी लमजुङका २ हजार ९ सय ९७ जनाले यस वर्षको एसईईमा सहभागी जनाएका थिए । ७ जना परीक्षामा अनुपस्थित थिए ।
बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले (एसईई) परीक्षा २०७८ को नतिजा सार्वजनिक गरेको थियो ।
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/

















